धादिङ जिल्ला समन्वयमा एमालेका सबै उम्मेदवार विजयी


२३ साउन । जिल्ला समन्वय समिति, धादिङको सोमबार सम्पन्न निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारको पूरै समूह विजयी भएको छ । छब्बीस मतदाता रहेको जिसस प्रमुखमा एमालेका जगन्नाथ नेपाल १७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धनका तर्फबाट उम्मेदवार रहेका काँग्रेसका भक्त लामाले ८ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपप्रमुखमा एमालेका बिन्दा बरामु नेपाली १६ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेस र माओवादी केन्द्र गठबन्धनका तर्फबाट उम्मेदवार भएका माओवादी केन्द्रका ध्रुव सुवेदीले ९ मत प्राप्त गरेका थिए।

जिससका सदस्यमा एमालेकै कृष्ण अर्याल, खुनराज थापा, उर्मिला रेग्मी, कमलनारायण श्रेष्ठ, सान्नानी परियार, सावित्रा सुनार र उर्गेनवती तामाङ १६÷१६ मत प्राप्त गरी विजयी भएका छन् ।

निर्वाचनपछि कार्यभार सम्हाल्दै जिससका प्रमुख नेपालले जिल्लाको विकास निर्माणलगायत कार्यमा स्थानीय सरकारलाई सहयोग पु¥याउने र विकासका निम्ति लागिपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्