धादिङ बस दुर्घटनामा परी घाइते दुईको उपचारका क्रममा मृत्यु


 ४ माघ । सोमबार साँझ धादिङबेँसीबाट खाल्टेतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा घाइते भएका दुईको उपचारका क्रममा मृत्यु भएको छ ।

उपचारका क्रममा पञ्चकन्या माविका शिक्षक ४५ वर्षीय माधव अधिकारी र खाल्टे निवासी पाँचवर्षीय सन्तोष जमकट्टेलको मृत्यु भएको धादिङ प्रहरीले जानकारी दिएको छ । सोमबार बेलुुका भएको दुर्घटनापछि जिल्ला अस्पतालमा उपचार हुन नसकी काठमाडौँ पठाइएका उनीहरुको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

धादिङ यातायात व्यवसायी सङ्घमा आबद्ध बा३ख ८२६३ नंको बस खाल्टेको पतेनी गाउँको फेदीमा बस दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकामध्ये २४ जनालाई जिल्ला अस्पतालमा उपचारका लागि सदरमुकाम ल्याइएकामा १६ घाइतेलाई थप उपचारका लागि काठमाडौँ वीर अस्पतालको ट्रमा सेन्टरमा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्