धुलिखेल अस्पतालमा सुत्केरीको निधन कोरोना: स्वास्थ्य मन्त्रालय


काठमाडौँ, ३ जेठ । धुलिखेल अस्पतालमा सुत्केरीको निधन कोरोना कोरोना भाइरसकै कारण भएको स्वास्थ्य मन्त्रालयले  जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै बिहीबार साँझ निधन भएकी सुत्केरीको कोरोना भाइरसकै कारण भएको जानकारी दिएको हो। आठ दिनअघि त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी ३० वर्षीया महिलाको बिहीबार बेलुकी धुलिखेल अस्पतालमा निधन भएको थियो। धुलिखेल अस्पतालका एक चिकित्सकले श्वासप्रश्वासमा समस्या उत्पन्न भएर अस्पतालमा भर्ना भएकी ती महिलामा कोरोना भाइरस पोजिटिभ भएको जानकारी दिए। शिक्षण अस्पतालमा सिजरिङबाट डेलिभरी भएपछि उनको डिस्चार्ज भएको थियो। बाह्रबिसे राम्चेस्थित घरमा उनलाई कोरोना भाइरस संक्रमणको लक्षण देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्