नख्खु कारागारमा झडप, एक जनाको मृत्यु


काठमाडौं, १७ साउन । नख्खु कारागारमा आज (शुत्रबार) कैदी–बन्दीबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । शुक्रबार अपरान्ह १ बजेतिर कैदी–बन्दीबीच झडप हुँदा जेल जीवन बिताइरहेका पूर्णबहादुर राजीवको ज्यान गएको कारागार प्रशासनले जानकारी दिएको छ ।

ललितपुर प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका दोषी पूर्णबहादुर राजीवमाथि ज्यान मुद्दाका कैदीबन्दीले आक्रमण गरेको जनाइएको छ । आक्रमणकारीको नाम कारागार प्रशासनले खुलाइन नसकेको भए पनि उनको नाम पवन रहेको बुझिएको छ ।

यतिबेला घटनास्थलमा ललितपुर प्रहरीको टोली पुगेको छ । आक्रमणकारीलाई नियन्त्रणमा लिइएको जनाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्