नबिलका ग्राहकलाइए क्यान्सर अस्पतालमा छुट


काठमाडौं, १९ असोज । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताले नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रमा विशेष छुट र सुविधा पाउने भएका छन् । सो सम्बन्धमा नबिल बैंक र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रबीच सम्झौता भएकोे छ ।
सम्झौताअनुसार रेडियोविज्ञान तथा वेटमा १० प्रतिशत विशेष छुटका साथै विकिरण चिकित्सामा ५ प्रतिशतको विशेष छुट प्रदान गर्नेछ । बैंकका कार्ड प्रयोगकतालगायत उनीहरूका परिवारले यस्तो छुट पाउने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्