नबिल बैंकका दुई शाखा स्थानान्तरण


२३ जेठ । नबिल बैंकले बालाजु र घोराही शाखा स्थानान्तरण गरेको छ । बैंकको बालाजु शाखा वडा नं. १६, चक्रपथ, माछापोखरीमा र घोराही शाखा वडा नं. ११, शहीद उमेश मार्गमा स्थानान्तरण भएको छ ।

दुबै शाखाहरु आधुनिक व्यावसायिक भवनमा सेवाग्राहीले सहज र सुलभ सेवा प्राप्त गर्नेछन् । नबिल बैंकले स्थानान्तरित दुबै शाखाहरुबाट ग्राहकलाई बंैकि¨ सेवा तथा सुविधाहरु अझ सहज र सरल रुपमा उपलब्ध गराउने उद्देश्य राखेको जाननकारी दिएको छ । बैंकका ती शाखाबाट ग्राहकले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्नेछन् ।

उक्त बैंकले ग्राहकका आवश्यकतामा आधारित विविधतायुक्त सेवा÷सुबिधा प्रदान गर्ने कार्यमा सदैव अग्रणी भूमिका खेल्दै आएको दाबी गरेको छ । बैंकले अहिलेसम्म ५२ वटा शाखाहरुको बृहत सञ्जाल स्थापना गरिसकेको छ भने ९० वटा एटिएमहरुको संरचना र १ हजार ४०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत् सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्