नबिल बैंकद्वारा दृष्टिबिहिनहरुलाई सहयोग


६ असार । नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्रगत दृष्टिविहीनलाई सहयोग प्रदान गरेको छ ।

दृष्टिबिहिन सहयोग केन्द नेपाल र ललितपुर नेत्रहीन संघले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बैंकले ३२ जना दृष्टिविहीन विद्यार्थीलाई सेतो छडी वितरण गरेको हो । उनीहरुलाई दैनिक हिडडुल गर्न सहज होस् भनेर सेतो छडी प्रदान गरेको बैंकमा सहायक महाप्रबन्धक रमेश लोहनी जानकारी दिए ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्रगत शैक्षिक क्रियाकलाप, बिज्ञान र प्रविधि, खेलकुद, स्वास्थ्य, कला तथा साहित्य आदि विभिन्न क्षेत्रहरुमा सहायता प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्