नम्रताले दर्शकलाई चाँडै नै प्रसाद खुवाउने


नेपाली कथानक चलचित्र प्रसाद अब दर्शकले हेर्न पाउने भएका छन । एक दम्पतीको प्रेमकथा र निसन्तान हुँदाको आरोहअवरोहमा आधारित भनिएको प्रसाद को छायांकन सुरु भएको छ । राजधानीको काँडाघारीमा सोमवार छायांकन थालिएको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन । विपिन कार्की र नम्रता श्रेष्ठले दम्पतीको भूमिका निर्वाह गरेको फिल्ममा निश्चल बस्नेत समानान्तर भूमिकामा छन । गाउँले विवाहित महिलाको भूमिकामा रहेकी नम्रतालको भेषभूषाले पनि त्यसको छनक दिएको थियो भने उनको नाकमा फुली पनि देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्