नयाँशक्ति नेपालले भन्यो– ‘संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति’


१५ कात्तिक । नयाँशक्ति नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिएको छ । उसले संविधान संशोधनमार्फत संविधाको स्वीकार्यता विस्तार गर्ने क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति कायम गर्नुपर्नेमा जोड दिएको हो । शुभदिपावली, छठ र नेपाल संवत् ११३७ का अवसरमा पार्टी प्रवक्ता खिमलाल देवकोटाले जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।
‘जनतामा देखिएको राजनीतिक अन्यौलता चिर्दै संविधानको सफल कार्यान्वयनको दौरानमा स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक समावेशी प्रावधानका लागि पूर्ण समानुपातिक संसद्को प्रावधान पनि समावेश गराउन पुनःस्मरण गराउँछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली समाजका बाधा व्यवधान पार गर्दै सम्पूर्ण नेपालीकोे खुसियालीका निम्ति र नेपाली समाजको समृद्धिको प्रेरणा मिलोस् ।’

प्रतिक्रिया दिनुहोस्