बाबुरामको विद्यार्थी संगठनमा विवाद, २४ घण्टाभित्र समाधान नगरे फरक संरचना बनाउने चेतावनी

३१ साउन । बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी निकटको विद्यार्थी संगठन भित्र विवाद सुरु भएको छ । विवादकै कारण पार्टी निकटको नयाँ शक्ति विद्यार्थी युनियन फुटको निकट पुगेको जानकारी प्राप्त भएको छ ।

पार्टी गठन भएको ६ महिना पनि नपुग्दै विद्यार्थी संगठन भित्र भने देश भरी नै विवाद रहेको र छुटटा छुटटै संरचना बन्ने तयारी भएको एक विद्यार्थी नेताले जानकारी दिए । केहि दिन अघि थपिएको केन्द्रीय समिती तथा सचिवालयमा एउटा पक्षले जर्वजस्त आफू निकट गैर विद्यार्थीहरु मात्रै थपेपछि विवादले उग्ररुप लिएको हो ।

सचिवालय मा रहेका ५ विभागीय प्रमुखहरु क्रमशः प्रशिक्षण विभाग प्रमुख नेत्र चापागाईं , स्ववियु परिचालन विभाग प्रमुख युवराज दाहाल, छात्रा विभाग प्रमुख तारा शर्मा, प्रकाशन विभाग प्रमुख किशोर सुवेदी र अक्तिरिक्त विभाग प्रमुख सुमन आचार्यले पार्टी प्रमुख बाबुराम भट्टराई नै भेटेर २४ घण्टाभित्र समाधान नगरे फरक संरचना बनाएर जाने चेतावनी दिएको बुझिएको छ ।

उनीहरुले पाँचबुँदे चेतावनी पत्रमा स्नातक वा त्यो भन्दा माथि मात्रै कमिटी बनाउने, विद्यार्थीमा उमेर हद ३० लागू गर्ने, नियमित कलेज अध्ययन गर्ने बिद्यार्थी मात्रै विद्यार्थी संगठनमा रहन पाउने , विद्यार्थीको केन्द्रिकृत संरचना खारेजी गरी विकेन्द्रिकृत र विश्वविद्यालय केन्द्रित संरचना बनाउनु पर्ने लगायतका माग रहेका छन् । आफूलाई वैकल्पिक विद्यार्थी आन्दोलनको धार दाबी गर्ने उक्त समूहले माग सम्बोधन नभए देशैभरी फरक संरचना बनाएर जाने चेतावनी समेत दिएको बुझिएको छ ।

यस्तो छ ध्यानाकर्षण पत्र

श्रीमान संयोजक ज्यू !
नयाँ शक्ति नेपाल,
बबरमहल काठमाडौ
नयाँ शक्ति नेपाल, नेपाली राजनितिमा एक वैकल्पिक धारा हो । स्वाधिनता, समावेशी, समानुपातिक, सहभागितामुलक लोकतन्त्र, समुन्नत समाजवाद र समृद्धि हाम्रो प्रतिवद्धता हो । नयाँ शक्ति विद्यार्थी यूनियन नेपाली विद्यार्थी आन्दोलनमा वैकल्पिक धारा हो । विगतमा विद्यार्थीहरुले नेपालको राजनिति व्यवस्था परिवर्तनको लागि अग्रभागमा रहेर बलिदानीपूर्ण संघर्ष गरे । फलस्वरुप आजको गौरवान्वित व्यवस्था प्राप्त छ । हामी ती सम्पूर्ण अग्रजहरु प्रति हार्दिक सम्मान प्रकट गर्दछौँ । अबको विद्यार्थी आन्दोलनले दक्ष जनशक्तिको उत्पादन गर्ने र समृद्ध नेपाल निर्माणमा योगदान गर्ने हुनुपर्दछ ।

आज नेपाली विद्यार्थी आन्दोलन व्यवस्था परिवर्तनको युगबाट अवस्था परिवर्तनको नयाँ युगमा प्रवेश गरेको छ । अबको विद्यार्थी आन्दोलनको मुख्य कार्यभार राजनैतिक आन्दोलन होईन शैक्षिक अभियान/आन्दोलन नै हो र हुनुपर्दछ । विगत केहि समयदेखि हामी विद्यार्थी आन्दोलनलाई प्रतिपक्षिय आन्दोलनबाट सर्वपक्षिय विद्यार्थी आन्दोलनको रुपमा विकास गर्न प्रयत्नरत रहेको सर्वविदितै छ । निति एकातिर, नेतृत्व अर्काेतिर हुने अन्तर विरोधि रोग विद्यार्थी आन्दोलनमा व्याप्त छ । हामी यस अभियानमा संगठनको निर्माणको शुरुवात देखि नै निम्न एजेण्डा उठाउँदै संगठनको औपचारिक बैठकमा फरकमत समेत राख्दै आएका छौँ ।
नयाँ शक्ति विद्यार्थी यूनियनको पछिल्लो निर्णय प्रति हाम्रो कुनै संलग्नता छैन । उक्त निर्णयप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

आजको २१ औ शताब्दिको प्रत्यक्ष लोकतन्त्रको युगमा पनि वैकल्पिक संगठन भित्र अति केन्द्रिकृत नोकरशाही शैली हावी भएको छ । यो शैलीको हामी भण्डाफोर गर्दछौँ । संगठन निर्माणमा देखिएको चरम व्यक्तिवाद र आत्मकेन्द्रित प्रवृति विरुद्ध वैकल्पिक ढंगले अगाडि बढ्न हामी आम विद्यार्थीहरुलाई अपिल गर्दछौँ । आजको विद्यार्थी संगठन निम्नलिखित आधारभुत शर्तहरुमा निर्माण गर्नुपर्दछ भन्ने हाम्रो ठहर छ । हामी यस अभियानमा सहकार्य र हातेमालो गर्ने सम्पूर्ण युवा विद्यार्थीलाई हार्दिक अपिल गर्दछौँ ।
एजेण्डाहरु
१) विद्यार्थी संगठनको सबै तहमा समितिहरुको गठन
— नियमित अध्ययनरत विद्यार्थीहरुबाट नै गरीनु पर्दछ ।
— विद्यार्थी संगठनको सबै तहका समितिहरुमा विधान बमोजिम कम्तिमा स्नातक अध्ययनरत विद्यार्थीहरु हुनु पर्दछ ।
— विद्यार्थी संगठनको सबै तहका समितिहरुमा बढीमा ३० वर्ष उमेरका विद्यार्थीहरु हुनुपर्दछ ।
२) संगठन तथा निति निर्माण र निर्णय प्रक्रियामा सहभागितामुलक लोकतन्त्रको मर्म र प्रयोगबाट गरीनुपर्दछ ।
३) विद्याथी संगठनको सबै तहका समितिहरुमा प्रत्यक्ष लोकतन्त्रको प्रयोग गरी सम्पूर्ण मातहतका साधारण सदस्यबाट सम्बन्धित समितिको निर्वाचन गरी नेतृत्व छनौट गर्नुपर्दछ ।
४) विद्यार्थी संगठनको संरचना केन्द्रिकृत, भौगोलिक क्षेत्रको आधारमा होईन शैक्षिक संस्थाको उपस्थितिको आधारमा विश्वविद्यालय स्तरिय  निर्माण गरिनुपर्छ ।
५) विद्यार्थी संगठनको सबै तहको संरचनामा समावेशी÷ समानुपातिक प्रतिनिधिहरुको सुनिश्चितता गरिनुपर्दछ ।

उल्लेखित एजेण्डा प्रति सहमत हुने सम्पूर्ण संगठन भित्र र बाहिरका विद्यार्थी मित्रहरुलाई नयाँ शक्ति विद्यार्थी यूनियन विद्यार्थीको वैकल्पिक संगठन बनाउने स्वस्फुर्त स्वतन्त्र ढंगबाट आ— आफ्नो ठाउँमा पहल कदमी लिएर एकाकार भई यो यूगिन आवश्यकताको महत्वबोध गरी लामवद्ध हुन हामी पुनः सम्पूर्ण यूवा विद्यार्थी मित्रहरुहरुलाई हार्दिक अपिल गर्दछौँ ।
उल्लेखित एजेण्डाहरु पार्टीको विभिन्न तहको नेतृत्वबाट यस अघि कार्यान्वयन गर्ने प्रतिवद्धता जनाईएको भएता पनि विभिन्नखालका दवाव, प्रभाव र घेरावन्दीका कारण व्यवहारिक रुपमा कार्यान्वयनका लागि आनाकानी गरेको देखिएकोले पार्टी नेतृत्वको गम्भिर ध्यानाकर्षण गराउँन चाहान्छौँ । अतः हामीले उठाएका विषयमा पार्टी नेतृत्वबाट ठोस धारणा र कार्यान्वायनका निम्ति अविलम्व उचित कदम चाल्न जोडदार माग गर्दछौँ । अन्यथा उल्लेखित निति अनुसारको फरक संरचना निर्माण गर्न बाध्य हुनेछौं ।

प्रतिनिधिहरु
— किशोर सुवेदी प्रकाशन विभाग प्रमुख
— तारा शर्मा छात्रा विभाग प्रमुख
— नेत्र चापागाई प्रशिक्षिण विभाग प्रमुख
— युवराज दाहाल स्व.वि.यू. परिचालन विभाग प्रमुख
— सुमन आचार्य अतिरिक्त विभाग प्रमुख
बोधार्थ ः
१. उत्प्रेरक, नयाँ शक्ति विद्यार्थी युनियन
२. संगठन विभाग प्रमुख नयाँ शक्ति नेपाल

प्रतिक्रिया दिनुहोस्

नयाँ मै दुईचिरा बन्ने भयो बाबुरामको विद्यार्थी संगठन

३१ साउन । बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी निकटको विद्यार्थी संगठन भित्र विवाद सुरु भएको छ । विवादकै कारण पार्टी निकटको नयाँ शक्ति विद्यार्थी युनियन फुटको निकट पुगेको जानकारी प्राप्त भएको छ ।

पार्टी गठन भएको ६ महिना पनि नपुग्दै विद्यार्थी संगठन भित्र भने देश भरी नै विवाद रहेको र छुटटा छुटटै संरचना बन्ने तयारी भएको एक विद्यार्थी नेताले जानकारी दिए । केहि दिन अघि थपिएको केन्द्रीय समिती तथा सचिवालयमा एउटा पक्षले जर्वजस्त आफू निकट गैर विद्यार्थीहरु मात्रै थपेपछि विवादले उग्ररुप लिएको हो ।

सचिवालय मा रहेका ५ विभागीय प्रमुखहरु क्रमशः प्रशिक्षण विभाग प्रमुख नेत्र चापागाईं , स्ववियु परिचालन विभाग प्रमुख युवराज दाहाल, छात्रा विभाग प्रमुख तारा शर्मा, प्रकाशन विभाग प्रमुख किशोर सुवेदी र अक्तिरिक्त विभाग प्रमुख सुमन आचार्यले पार्टी प्रमुख बाबुराम भट्टराई नै भेटेर २४ घण्टाभित्र समाधान नगरे फरक संरचना बनाएर जाने चेतावनी दिएको बुझिएको छ ।
उनीहरुले पाँचबुँदे चेतावनी पत्रमा स्नातक वा त्यो भन्दा माथि मात्रै कमिटी बनाउने, विद्यार्थीमा उमेर हद ३० लागू गर्ने, नियमति कलेज अध्ययन गर्ने बिद्यार्थी मात्रै विद्यार्थी संगठनमा रहन पाउने , विद्यार्थीको केन्द्रिकृत संरचना खारेजी गरी विकेन्द्रिकृत र विश्वविद्यालय केन्द्रित संरचना बनाउनु पर्ने लगायतका माग रहेका छन् । आफूलाई वैकल्पिक विद्यार्थी आन्दोलनको धार दाबी गर्ने उक्त समूहले माग सम्बोधन नभए देशैभरी फरक संरचना बनाएर जाने चेतावनी समेत दिएको बुझिएको छ ।