नयाँ वर्षमा प्रधानमन्त्रीले राराबाट ११ बजे यस्तो दिँदैछन् सन्देश


काठमाडौं । प्रधानमन्त्री केपी ओली नयाँ वर्षमा मुगुको रारा तालबाट देशवाशीलाई सम्बोधन गर्न आज(शुक्रबार)बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।
नेपाली सेनाको हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् । उनीसँगै रक्षामन्त्री ईश्वर पोखरेल र पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी पनि रारा ताल पुगेका छन् ।

 रारा तालबाट मुलुक समृद्धिको यूगमा प्रवेश गरेको सन्देश दिँदै प्रधानमन्त्री ओलीले देश विकासमा होमिन देशबासीलाई नयाँ जोश र जाँगरका साथ होमिन आह्वान गर्दैछन् ।

२०७५ सालको पहिलो दिन १ वैशाखमा बिहान ११ बजे रारा तालबाट प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले बताए । रारा तालबाट मुलुक समृद्धिको यूगमा प्रवेश गरेको सन्देश दिँदै प्रधानमन्त्री ओलीले देश विकासमा होमिन देशबासीलाई नयाँ जोश र जाँगरका साथ होमिन आह्वान गर्दैछन् । दुई दिन रारा तालमा बिताएर प्रधानमन्त्री ओली २ वैशाखमा काठमाडौं फर्किने कार्यक्रम रहेको संयोजक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्