नयाँ शक्तिका सङ्गठनले प्रधानमन्त्रीई ज्ञापनपत्र बुझाए


 २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ शक्ति नेपालमा आबद्ध १६ आङ्गिक सङ्गठनका प्रतिनिधिले आज ज्ञापनपत्र बुझाएका छन् ।समृद्ध महिला सङ्गठन नेपालका संयोजक कल्पना धमलाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्पपीडितलाई तत्काल पुनःस्थापना, महँगी नियन्त्रण, बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै सो ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा नयाँ संविधानमा उल्लेखित शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुतालगायतका मौलिक हकका विषयमा सरकारले गम्भीर ध्यान दिनुपर्ने उल्लेख छ ।रासस

प्रतिक्रिया दिनुहोस्