नयाँ शक्तिको आइतबार दशरथ रङ्गशालाबाट औपचारिक घोषणा, सवा लाख उतार्ने तयारी


२९ जेठ । प्रचण्डबाट अलग भएपछि नयाँ शक्ति निर्माण अभियानमा जुटेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आइतबारऔपचारिक रूपमा पार्टी घोषणा गर्ने भएका छन् । राजधानीको दशरथ रङ्गशालामा औपचारिक रूपमा पार्टी घोषणा रकमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र गर्ने अन्तिम तयारी पुरा भएको नयाँशक्ति निर्माण अभियानका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले पहिलो न्युजलाई जानकारी दिए ।

कार्यमक्रम मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका पौडेलले आइतबारको कार्यक्रममा कम्तीमा सवा लाख मानिसलाई रङ्गशालामा उतार्ने तयारी भएको पनि जानकारी दिए ।

आइतबारको कार्यक्रममा कम्तीमा सवा लाख मानिसलाई रङ्गशालामा उतार्ने तयारी

‘हामीले अनलाइन, पार्टी संगठनको संरचना र व्यक्तिगत रुपमा सवा लाख सदस्यता वितरण गरेका छौँ,’ उनले भने, ‘आइतबारको कार्यक्रममा सबै सदस्य उपस्थित हुने अनुमान गरिएको छ ।’ एक दिन उद्घाटन र दुई दिन वन्दशत्र हुने भएकाले सबै सदस्यहरुका लागि बस्ने र खाने व्यवस्था समेत मिलाई सकेको जानकारी पौडेलले दिए ।

‘मेरै हातले प्रधानमन्त्री, कांग्रेस सभापति र प्रचण्डजीलाई निमन्त्रणा पत्र थमाएको छु’

ओली, देउवा र प्रचण्ड आउने

आइतबार रङ्गशालामामा हुने उद्घाटन शत्रमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तीनै जना उपस्थित हुने उनले जानकारी दिए । ‘मेरै हातले प्रधानमन्त्री, कांग्रेस सभापति र प्रचण्डजीलाई निमन्त्रणा पत्र थमाएको छु,’ उनले भने, ‘उहाँहरुले जसरी पनि आउने भन्नुभएको छ, हामी ढुक्क छौँ, उहाँहरु आउनु हुनेछ ।’

पौडेलले अन्य पार्टीका नेताहरुलाई पनि निमन्त्रण गरेको जानकारी दिए । उनले उद्घाटन समारोहलाई व्यवस्थित बनाउन मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति गठन गरिएको पनि जानकारी दिए ।

२५ देशका राजदूत रंगशालामा

पौडेलले नेपालस्थित २५ देशका राजदूतलाई समेत निम्तो गरिएको जानकारी दिए । ‘सकेसम्म सबै राजदूत कार्यक्रममा आउने संभावना छ,’ पौडेलले भने, ‘घोषणा सभामा शुभकामना दिन भारतीय नेता केसी त्यागी, डिपी त्रिपाठी, वामपन्थी पत्रकार आनन्दस्वरुप वर्मालगायत काठमाडौँ आइपुग्नु भएको छ, अन्य नेताहरु पनि आउने क्रम जारी छ ।’

जुलुसका लागि चार स्थान

आइतबार १२ बजेबाट सुरु हुने उदघाट्न शत्र अघि राजधानीका विभिन्न चार स्थानबाट जुलुस र विभिन्न झाँकीसहित रंगशाला पुग्ने तयारी भएको पनि पौडेलले जानकारी दिए । ‘कुपोन्डोल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट उद्घाटन हुनु अघि जुलुस निस्कन्छ,’ उनले भने, ‘जुलुस अपराह्न १२ बजेभित्र रङ्गाशालामा प्रवेश गरिसक्ने छ ।’ जुलुसका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ नहोस भनेर पैदलमार्गको बाटोबाट जुलुस सञ्चालन गर्ने तयारी गरेका उनले जानकारी दिए ।

नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणा सभामा दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

घोषणा सभामा दुई करोड खर्च

नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणा सभामा दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । नयाँ शक्तिले घोषणासभामा सहभागी हुने प्रतिनिधिहरुको व्यवस्थापन, मञ्च व्यवस्थापन, प्रचारप्रसार गर्नका लागि दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरेको हो।

नयाँशक्तिले उक्त खर्च व्यवस्थापनका लागि एक संस्थापक सदस्यबाट १ सय ५ रुपैयाँको दरले १ करोड ५ लाख उठाएको जानकारी दिएको छ । त्यसैगरी अन्तरिम केन्द्रीय परिषदमा रहेका ४ सय ४९ बाट २२ लाख ४५ हजार, सचिवालय सदस्यमा रहेका ५१ जनाबाट ५ लाख १० हजार पार्टीभित्रबाटै संकलन भएको पनि नयाँशक्तिले जानकारी दिएको छ । अन्य सहयोगबाट उठाएको एक सदस्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्