नयाँ शक्तिको ठहर– ‘बुढीगण्डकीमा गलत मनसाय देखियो’


जेठ २५ । बुढीगण्डकी जलविद्युत आयोजना विकाससम्बन्धी सरकारले गरेको निर्णय गलत मनसायले अगाडि बढाइएको आरोप नयाँ शक्ति नेपालले लगाएको छ ।

पत्रकार सम्मेलनकै आयोजना गरी नयाँ शक्तिले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी आयोजना बिना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिइएको भन्दै आपत्ति जनाएको हो ।

सो अबसरमा पार्टीका संयोजक डा बाबुराम भट्टराईले ऊर्जा मन्त्रालयले चीनको गेजुवा ग्रुप अफ कम्पनी लिमिटेडसँग हालै गरेको समझदारीपत्र स्थानीय प्रभावितको हितमा नरहेको आरोप पनि लगाए ।

विद्युतीय लोडसेन्टरहरु काठमाडौँ, पोखरा, चितवनजस्ता बिजुली प्रशस्त खपत हुने स्थानहरुबाट नजिक, पहुँचमार्ग पुगेको र प्रशारण लाइन छोटो र सहजताका साथ निर्माण हुने स्थानमा रहेको, प्रशस्त जलभण्डार हुन सक्ने आयोजना सस्तो र सहज रुपमा बनाउन अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्नेमा त्यसो नभएकोमा उनले आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्