नयाँ शक्ति निर्वाचन आयोगमा दर्ता, पहिलो पार्टी बन्ने बाबुरामको उद्घोष


२६ असार । नयाँ शक्ति नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । सो दलका संयोजक डा बाबुराम भट्टराईलगायतका नेता सोमबार आयोगको कार्यालय पुगेर दल दर्ताको निवेदन दिएको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।

पार्टी दर्तापछि संयोजक भट्टराईले सञ्चारकर्मीलाई नयाँ शक्तिले मुलुकमा हुन लागिरहेको तीनवटै निर्वाचनमा पहिलो स्थान हासिल गरेर मुलुकको नेतृत्व गर्ने दाबी गरे ।

सरकारमा पुगेर राज्यको नेतृत्व गर्ने हाम्रो अभिष्ट छ, आगामी डेढ वर्षभित्र स्थानीय निर्वाचन, प्रदेशको निर्वाचन र केन्द्रीय निर्वाचन हुन्छ, उनले जिकिर गरे, ‘ती तीनवटै निर्वाचनमा हामी सहभागी हुन्छौँ ।’

संयोजक भट्टराईले आफ्नो दल नेपालमा रहेका पुराना सबै पार्टीभन्दा फरक विशेषता भएको पार्टी भएको बताए। रासस

प्रतिक्रिया दिनुहोस्