नयाँ संविधान जारीपछि नेपालीसँग विवाह गर्ने बेहुलीको संख्या करिब पाँच हजार


३१ जेठ । नयाँ संविधान जारीपछिको आठ महिनामा नेपालीसँग बिहे गरेका ४ हजार ५ सय ६३ विदेशी महिलाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन्। कान्तिपुर दैनिकले समाचार छापेको छ ।
उनीहरुले तराई मधेसका २० जिल्लाबाट नेपाली नागरिकता पाएका हुन्। नागरिकता तथा राष्ट्रिय परिचय व्यवस्थापन शाखा हेर्ने गृह मन्त्रालयका सहसचिव विनोद केसीका अनुसार गएको वैशाखमा मात्र यी २० जिल्लाबाट ८ सय ९१ जनाले बैबाहिक अंगीकृत नागरिकता लिएका छन्।

बैबाहिक अंगीकृत लिनेमा अधिकांश नेपाली पुरुषसँग विवाह गरेका भारतीय चेली रहेको जानकारी तराई मधेसका जिल्ला प्रशासकहरुले दिए।

असोज ३ मा संविधान जारी भएपछि तराई मधेसका जिल्लामा हरेक महिना अंगीकृत नागरिकता लिनको संख्या बढ्दै गएको छ। सुरुको चार महिनमा अर्थात असोजदेखि पुसमा १ हजार ७५ जनाले अंगीकृत नागरिकता लिएक थिए।

प्रतिक्रिया दिनुहोस्