नयाँ सरकारबाट राष्ट्रियतामा आँच आउन सक्छ,चनाखो बनौं : अध्यक्ष ओली


७ भदौ । नेेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियतामा आँच आउन सक्ने वा संविधान कार्यान्वयन हुन नदिने काम नयाँ सरकारबाट हुन सक्ने श‌ंका ब्यक्त गरेका छन् ।

बर्तमान गठबन्धन भारत र अन्य शक्तिकेन्द्रहरुकाे योजना अनुसर बनेकाे हुनाले राष्ट्रियतामा आँच आउन सक्ने वा संविधान कार्यान्वयन हुन नदिने काम नयाँ सरकारबाट हुन सक्ने बताउदै  प्रतिपक्षी त्यसमा एकताबद्ध र चनाखो हुन आग्रह गरे ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सहित विपक्षी दलको आज बसेको संयुक्त बैठकले संविधानको कार्यान्वयनका लागि अघिल्लो सरकारले ल्याएको कार्ययोजना लागू हुनुपर्नेमा उनले जोड दिए।

सिंहदरबारमा आज भएको ती दलको बैठकले राष्ट्र तथा राष्ट्रियतामा अनुकूल हुने कुनै काम नयाँ सरकारबाट हुन नहुने जनाएको छ । पछिल्लो राजनीतिक समसामयिक विषयमा कसरी विपक्षी गठबन्धन प्रभावकारी हुन सकिन्छ भन्नेबारे बैठकमा छलफल भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

बैठकमा ओली नेतृत्वको सरकारमा अन्तिम समयसम्म साथ दिने र प्रधानमन्त्रीको निर्वाचनमा विपक्षमा मतदान गर्ने राप्रपा नेपाल, नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेमकिपा, राष्ट्रिय जनमुक्ति पार्टीलगायत नेता सहभागी हुनुभएको थियो । यसैबीच गत सातादेखि जारी एमाले स्थायी कमिटीको बैठक आज पनि जारी छ ।

प्रतिक्रिया दिनुहोस्