नर्भिकले सुविधा र प्रविधि सम्पन्न शल्यक्रिया कक्ष सञ्चालनमा ल्याउँदै


२८ भदौ । नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा नव निर्मित जेसीआई मापदण्ड बमोजिमका अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सुबिधा र प्रविधि सम्पन्न शल्यक्रिया कक्ष सञ्चालनमा ल्याउने भएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार यो सुइट्सको निर्माण प्रविधिको हिसाबले दक्षिण एसियामै दक्ष र सुसज्जित छ । यस सुइट्समा सङ्क्रमणरहित वातावरणका लागि शतप्रतिशत सावधानी अपनाइएको छ भने सुइट्स अति विशिष्ट एवम् अत्याधुनिक शल्यक्रियाको उपकरणहरुद्वारा सुसज्जित छ ।

त्यसैगरी शल्यक्रिया कक्षको सतहमा प्रयोग भएको अत्याधुनिक सामाग्रीले जीवाणु (ब्याक्टेरिया) बस्न नदिने हुँदा सङ्क्रमणको सम्भावना शून्य रहेको छ पनि अस्पतालले जानकारी दिएको छ । सुइट्सका प्यानेलमा प्रयोग हुने पोली युरेथिन फोम डीओडब्ल्यु र एएसएफका हिसाबले अग्नी निवारक छन् । ती प्यानेलहरु सुरक्षा, फायर रेटिङ र गुणस्तरका हिसाबले युरोपेली मापदण्ड बमोजिमका छन् । ती प्यानेलहरु गहुङ्गो बोझ थाम्न सक्ने हुँदा गरुङ्गा ट्रलीहरु वा अन्य उपकरणहरु सजिलै थाम्ने र अन्य धातुका प्यानेलहरु झै बाङ्गिने समस्या हुदैन ।

त्यसैगरी सुइट्स्का सतहहरु ‘मेलामाइन फिनिस’ भएको हुँदा कोरिने आदि हुँदैनन् र मर्मत सम्भारको जरुरत पर्दैन । यिनीहरु कुनै पनि किसिमका रसायनमा नघोलिने प्रकृतिका हुन्छन् यी सामाग्री तथा उपकरणहरु अमेरिकी खाद्य तथा औषधीसम्बन्धी नियोगद्वारा प्रमाणित भएकोले संसारभर नै बृहत रुपमा प्रचलित रहेको अस्पतालको दाबी छ । 1 2 3 4

प्रतिक्रिया दिनुहोस्