नवनियुक्त मन्त्रीहरुलाई देश र जनताका पक्षमा बफदार भई काम सुझाव


१ भदौ । नेकपा माओवादी केन्द्रका नवनियुक्त मन्त्रीहरुलाई देश र जनताका पक्षमा बफदार भई काम गर्न उद्योगी, व्यवसायी, सञ्चारकर्मीलगायतले सुझाव दिएका छन् ।

सिन्धुली जिल्लाबाट राजधानी आई विभिन्न पेशा–व्यवसायमा आवद्ध पार्टीका सुभेच्छुकहरुले त्यस्तो सुझाव दिएका हुन् । कानुन व्यवसाय, सञ्चारकर्मी, उद्योगी, विद्यार्थीलगायत करिब दुई दर्जनको टोलीले नवनियुक्त मन्त्रीहरुलाई भेटी देश र जनताका पक्षमा बफदार भई काम गर्न आग्रह गरेको सञ्चारकर्मी युवराज बास्तोलाले जानकारी दिए ।

उनीहरुले कानुन मन्त्री अजय शंकर नायक, ऊर्जा मन्त्री जनार्दन शर्मा, संयीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे, राज्यमन्त्री श्रीप्रसाद जगेवु, युवा तथा खेलकुद मन्त्री दलजी श्रीपाईली, सञ्चार मन्त्री राम कार्कीलगायतलाई भेटेका थिए । भेट गर्ने टोलीमा सञ्चारकमी महेश्वर दाहाल, प्रमोद दाहाल, नवराज दाहाल, युवराज बास्तोला, नेता विषमलाल अधिकारी दनुवार, कमल दाहाललगायत थिए ।

प्रतिक्रिया दिनुहोस्