नाइजेरियामा आत्मघाती बम आक्रमणमा परी ३१ को ज्यान गयो


काठमाडौ, ४ असार । नाइजेरियाको उत्तर पुर्वी दुइ शहरमा भएका छुट्टा छुट्टै आत्मघाती बम आक्रमणमा परी ३१ जनाको मृत्यु भएको छ । बोर्नो प्रान्तमा भएको सो आत्मघाती आक्रमणमा अन्य कयौं स्थानीय घाइते भएको समाचार छ । दुइजना आक्रमणकारीले आफुसंगै बोकेर ल्याएको बम विस्फोट भए लगत्तै शहरको बाहिरी क्षेत्रमा दोहोरो गोली हानाहान समेत भएको छ । बोर्नो प्रान्तमा लामो समय देखि जारी द्वन्द समाप्त भएको भन्दै त्यहाँका सेना प्रमुखले विस्थापित स्थानीहरुलाइ फर्कन आग्रह गरेको केही घण्टामै सो आक्रमण भएको थियो । त्यहाँ आतंकवादी समुह बोको हरामले शसस्त्र विद्रोह गरिरहेको छ । सो समुहका विरुद्धमा सेनाले गत मे महिनाबाट कार्वाही सुरु गरेको थियो । सेनाको कार्वाहीको विरोधमा बोको हरामले नै आक्रमण गराएको सेनाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्