नाइजेरियालाई पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश, अर्जेन्टिनाको अबको खेल फ्रान्ससँग


काठमाडौ, १३ असार । नाइजेरियालाई २–१ गोलले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। रुसमा जारी फिफा विश्वकप २०१८ मा समूह चरणको खेलमा अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको हो ।
खेलको १४ औँ मिनेटमा अर्जेन्टिनाका लागि लिओनल मेस्सीले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । ५१औँ मिनेटमा नाइजेरियाका भिक्टर मोएसेसले पेनाल्टीमा बराबरी गोल गरेका थिए। ८६औँ मिनेटमा दोस्रो गोल गर्दै मार्कोस रोजोले अर्जेन्टिनालाई जितको नजिक पुर्याएका हुन् ।

समूह डीको उपविजेता बनेको अर्जेन्टिनाले शनिबार अन्तिम १६ मा समूह सीको विजेता फ्रान्ससँग खेल्नेछ। त्यस्तै मंगलबार राति आइसल्याण्डलार्इ २–१ गोलले पराजित गर्दै समूह विजेता बनेको क्रोएसियाले शनिबार नै समूह डीको उपविजेता डेनमार्कसँग भिड्ने छ ।

प्रतिक्रिया दिनुहोस्