नागरिक अभिनन्दनमा मोदीलाई २ सय ४२ किलोको माला


जनकपुर, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १ सय २१ किलोको दुई वटा मालाले अभिनन्दन गरिएको छ । प्रदेश २ सरकारका तर्फबाट मुख्यमन्त्री लालबाबु राउतले १ सय २१ किलोको माला मोदीलाई लगाइदिएका थिए ।
त्यसलगत्तै वीरगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधिले पनि १ सय २१ किलोकै छुट्टै मालाले अभिनन्दन गरेका थिए । जनकपुर उपमहानगरपालिकाले आयोजना गरेको मोदीको नागरिक अभिनन्दन कार्यक्रममा दुबै माला लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्