नायिका यामी गौतम र पुलकित सम्राटको हिमचिमलाई लिएर फेरि विवाद


३१ असार ।  अभिनेता पुलकित सम्राट र उनीसँग सम्बन्धविच्छेद गरेकी श्वेता रोहिराबीचको आरोप–प्रत्यारोपले बलिउड बजारले नयाँ मसला पाएको छ ।

श्वेता रोहिराले आफ्नो पारिवारमा खटपट ल्याउन र सम्बन्धविच्छेदसम्मको अवस्था आउनुमा यामी गौतम प्रमूख जिम्मेवार रहेको प्रतिक्रिया दिएपछि बलिउड बजारलाई नयाँ मसला प्राप्त भएको हो ।

यतिसम्म की रोहिराले गौतमलाई ‘अरुको परिवार बिगार्ने महिला’को समेत संज्ञा दिएपछि त्यसले झन् चर्चा पाएको छ ।

पुलकित र श्वेताको सम्बन्धविच्छेद भएदेखि नै यसको कारण यामी नै भएको भन्दै समाचारहरु बाहिर आएका थिए । फिल्म् ‘सनम रे’ को शुटिङका क्रममा यामी र पुलकितको हिमचिम बढेको थियो । पछि त्यसैले प्रेमको रुप धारण गरेपछि सञ्चारमाध्याममा चर्चा भयो ।

केही दिन अघि मात्र एक समाचारपत्रमा अन्र्तवार्ता दिदैँ पुलकितले यामी यस बिषयमा निर्दोष रहेको बताएका थिए । उनले सम्बन्धविच्छेदको प्रमुख कारण श्वेताकी आमा (सासु) रहेको खुलासा गरेका थिए । परिवारमा श्वेताकी आमा अनावश्यक झमेला सिर्जना गरेपछि सम्बन्ध बिच्छेद भएको भनेका थिए ।

तर, उनका ती भनाईलाई गलत सावित गर्दै श्वेताले अफ्नो परिवार बिग्रिनुको प्रमुख् कारण यामी गौतम भएको दाबी गरेकी छिन् । श्वेताले फिल्म् ‘सनम रे’ को शुटिङका क्रममा यामी र पुलकितको हिमचिमले परिवारमा फाटो ल्याएको समेत दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस्