नारायणकाजीले भने– ‘एक साताभित्र निर्वाचन मिति घोषणा हुन्छ’


५ माघ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचनको मिति एक साताभित्रै घोषणा हुने बताएका छन् ।  प्रेससेन्टर नेपाल बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले निर्वाचनका लागि आवश्यक तयारी तीव्र पारिएको जानकारी दिए । ‘संविधानप्रति असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउने प्रयास जारी छ, सबैका माग र मुद्दा समावेश गरेरै चुनाव हुन्छ,’ उनले भने ।
उनले सबैभन्दा पहिला मिति घोषणा गरी निर्वाचन प्रक्रिया अघि बढाउन सहज हुने बताए । ‘त्यसपछि संविधान संशोधनलगायत विषयमा सहमति गरी छिट्टै टुङ्गो लाग्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्