निजामती दिवसमा आधिकारिक ट्रेड युनियन बहिस्कृत


काठमाडौ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको गठन भएको तीन महिना पूरा भइसकेको छ । तर निजामती सेवा दिवसको अवसरमा बुधबार प्रज्ञा भवन कमलादीमा आयोजित मूल समारोह समितिको कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाललाई आसनग्रहण समेत गराइएन । निजामती सेवा दिवसमा कार्यक्रम संचालक सुप्रभा खनालदेखि सचिव पूर्णचन्द्र भट्टराई, मुख्यसचिव सोमलाल सुवेदीदेखि प्रधानमन्त्री पुष्पकमल दाहालसम्मले आधिकारिक ट्रेड युनियनको नामसमेत उच्चारण गरेनन् ।

सरकारले निजामती कर्मचारीको सवालमा जुनसुकै काम गर्दा पनि आधिकारिक ट्रेड युनियनस“ग सौदाबाजी गर्नुपर्छ । तर निजामती सेवा दिवसमा आधिकारिक ट्रेड युनियनको नामसमेत उच्चारण नगरिएको कुरालाई अध्यक्ष ढकालले गम्भीरतापूर्वक लिएका छैनन् । अध्यक्षलाई आसनग्रहण नगराउनु आधिकारिक ट्रेड युनियनको अपमान हो, युनियनका एक पदाधिकारीले भने । राजनीतिक दल निकट ट्रेड युनियन अध्यक्षहरुलाई आसनग्रहण गराइ अगाडि राखिएको थियो । तर आधिकारिक ट्रेड युनियन अध्यक्ष पुण्यप्रसाद ढकाल पछाडि अपमानित भएर बसे । उनलाई आसनग्रहण नगराए पनि उनी कार्यक्रम अवधिभर बसेका थिए ? आधिकारिक ट्रेड युनियनको अध्यक्ष ढकालले आफ्नो क्षमता प्रदर्शन गर्न नसकेको र नेतृत्व क्षमता प्रदर्शन गर्न नसकेका कारण पनि आधिकारिक ट्रेड युनियनलाई सरकारले उपेक्षा गरेको हो, आधिकारिक ट्रेड युनियनका एक सदस्यले भने ।

‘आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले भने, ‘मूल समारोहन समितिको सचिवालयमा अध्यक्ष ढकालमात्रै थिए । सचिवालयको कार्यक्रम समितिमा रहेका उनले आधिकारिक ट्रेड युनियनको अध्यक्षलाई आसनग्रहण र सम्बोधन गर्ने नाम राख्नुपथ्र्यो, उनकै कमजोरीका कारण त्यस्तो भएको हो । कार्यक्रम समितिमा आधिकारिक ट्रेड युनियनका अध्यक्षले नै आसन ग्रहणमा नाम राख्नुपथ्र्यो । आधिकारिक ट्रेड युनियन अध्यक्षलाई आसनग्रहण नगराउनु अपमान हो ।’

आधिकारिक ट्रेड युनियनका महासचिव सुबोधकुमार देवकोटाका अनुसार मूल समारोह समितिको सचिवालयमा अध्यक्षले आफ्नो मात्र नाम राख्न लगाएका थिए । सचिवालयमा बसेर पनि उनले आसनग्रहण र सम्बोधन गर्नेमा आफ्नो नाम राख्न नसक्नु उनको कमजोरी हो । अध्यक्षकै कारण आधिकारिक टे«ेड युनियनको नाम समेत कसैले नलिएका हुन्, देवकोटाले भने ।

मूल समारोह समितिका हरेक बैठकमा गएका अध्यक्ष ढकालले निजामती सेवा दिवसमा हुने कार्यक्रममा आधिकारिक ट्रेड युनियनको तर्फबाट सम्बोधन गर्नका लागि नामसमेत राख्न नसकेकोमा उनको नेतृत्व क्षमतामै प्रश्नचिह्न उठेको छ । मूल समारोह समितिको बैठकमा आधिकारिक ट्रेड युनियनको अध्यक्षलाई बोल्न दिनुपर्ने कुरा सुनुवाइ नभए नोटअफ डिसेन्ट लेख्नुपथ्र्यो । मूल समारोह समितिका बैठकमा अध्यक्ष नै गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्