निर्वाचनका समयमा गरिएका वाचा सवै पुरा हुन्छन्– गोकुल बाँस्कोटा


काभ्रेपलाञ्चोक, २२ बैशाख । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्वाचनका समयमा गरिएका वाचा सवै सरकारले पुरा गर्ने वताएका छन् । एमाले बनेपा नगर कमिटीले शनिबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले चुनावका वेलामा पार्टीले गरेका वाचा पुरा हने क्रममा भएकोले जनतालाई आशावादी हुन आग्रह गरे । उनले भने अहिले सरकार बजेट बनाउने प्रक्रियामा छ। अबको बजेटको खर्च उत्पादनमुखी हुन्छ।बाँडीचुँडीमा बजेट पाइँदैन।’जनताका बीचमा गरिएका बाचाहरू पनि उत्पादनमूलक कामको लागि हो, वामपन्थी सरकारले चुनावमा गरेका प्रतिवद्धताहरूको कार्यान्वयन गर्नेमा ढुक्क हुनुहोस क्रमैसँग पुरा हुन्छन् । राज्यमन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोक जिल्लामा विमानस्थल निर्माण गर्ने विषयमा काम अगाडि बढेको पनि जानकारी गराएका थिए । सरकारको काम गरेर देखाउँने वेला यही भएको र केही काम शुरु पनि भईसकेकोले उल्लेख गर्दै उनले सरकारका सकारात्मक काममा सहयोग गर्न पार्टी पंक्ति र सर्व साधारणमा आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्