निर्वाचनको मिति घोषणा गरे एमाले सरकारलाई सहयोग गर्न तयार छः भीम रावल


२० माघ । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले सरकारले प्रचण्ड नेतृत्वको सरकारलाई निर्वाचनको मिति यथाशीघ्र घोषणा गर्न सुझाव दिएका छन् ।

बिहीबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो सुझाव दिएका हुन् । उनले निर्वाचनको वातावरण बनाउनका लागि एमालले सरकारलाई सहयोग गर्न तयार रहेको पनि बताए ।

उपाध्यक्ष रावलले संविधान संशोधन प्रस्ताव राष्ट्र र नेपाली जनताको हित विपरित तथा संविधान अनुकूल नभएको भन्दै प्रस्तावलाई बेमौसमको बाजाको संज्ञा दिए ।

प्रतिक्रिया दिनुहोस्