निर्वाचनको मिति घोषणा गर्नुपर्ने माओवादी निष्कर्ष


 

१३ पुस । नेकपा (माओवादी)केन्द्रले स्थानीय तह वा निकायको निर्वाचनको मिति तत्कालै घोषणा गरेर जानुपर्ने निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको आज बसेको बैठकले निर्वाचन र संविधान संशोधनको विषयमा राजनीतिक छलफल जारी राख्दै सहमतिको प्रयास गर्ने निर्णय गरेको छ ।

सहमति नभएको अवस्थामा संसदीय प्रक्रियाका माध्यमद्वारा संविधान संशोधन र स्थानीय निर्वाचनबारे ठोस निर्णय लिने सहमति भएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।

बैठकमा संविधान संशोधन, स्थानीय निर्वाचन, अख्तियार दुरुपयोग अनुसनधान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावलगायतका विषयमा छलफल भएको प्रवक्ता भुसालले बताइन ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक अवस्थाबारे नेतालाई जानकारी गराएकी थिइन  । रासस

प्रतिक्रिया दिनुहोस्