निर्वाचन आयोगको विरोध गर्दै सरकार नै धर्नामा बसेपछि…


७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय अगाडि धर्नामा बसेका छन्।

प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसमेत रहेका थापा आफ्नो पार्टीको विधानमा सनातन हिन्दु धर्म राख्न पाउनु पर्ने माग गर्दै धर्ना बसेका हुन् । पार्टीले सोमबार मुलुकभरका निर्वाचन आयोग कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेको थियो ।

सोही अनुरुप अध्यक्ष थापासहितका अन्य नेताहरु धर्नामा बसेका हुन् । जुलुससहित आयोगको कार्यालय पुगेका राप्रपाका नेता–कार्यकर्ता र प्रहरीबीच केहीबेर झडप पनि भएको थियो । उनीहरुले सुरक्षा घेरा तोड्न खाजेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

प्रहरीसँगको झडपमा राप्रपाका पूर्वअध्यक्ष पशुपति समशेर राणा घाइते भएका छन् ।  राणाको खुट्टामा चोट लागेको छ । उनलाई तत्कालै राप्रपाका कार्यकर्ता र प्रहरीले उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्