निर्वाचन आयोगले सर्वदलीय छलफल गर्दै


काठमाडौं, ४ माघ  । निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दै छ । छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा दलहरुसँग छलफल गर्न लागिएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्