निर्वाचन कार्यतालिका लागू गर्न दिदैनौँः कांग्रेस


४ असार । नेपाली कांग्रेसले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको निर्वाचन कार्यातालिका लागू हुन नदिने दाबी गरेको छ । कांग्रेस नेता प्रकाशमान सिंहले यस्तो दाबी गरेका हुन् ।

उनले छलफलबिना ल्याइएको निर्वाचन तालिकाले निर्वाचन सम्भव नभएको भन्दै कांग्रेसले त्यसलाई लागू हुन नदिने दाबी गरे । कांग्रेस नागार्जुन–३ वडा कार्यसमितिले आयोजना गरेको एक कार्यक्रममा उनले भने–‘ सरकारले एकपक्षीय ढङ्गले तोकेको निर्वाचन तालिकाले निर्वाचन सम्भव छ ।

सरकारले व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षलाई बाहिर राखेर निर्वाचन तोकेको छ, यो हामीलाई मान्य छैन ।’ उनले ओली सरकारले सत्ता टिकाउनका लागि निर्वाचनको नारा दिएको पनि आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्