निर्वाचन टार्न संशोधन प्रस्ताव ल्याइयोः नेता आचार्य


२७ मंसिर । नेकपा (एमाले) का सचिव भीम आचार्यले निर्वाचनलाई टार्ने उद्देश्यका साथ सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरेको आरोप लगाएका छन् । पाँचथरको सदरमुकाम फिदिममा सोमबार बिहान प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आचार्यले जनताको चाहना र इच्छा विपरीत ल्याइएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पनि पारित हुन नदिने बताए ।

संविधान कार्यान्वयन गराउनुभन्दा पनि सरकार प्रदेश नं ५ टुक्र्याउन लागिपरेको बताउँदै भाषा र नागरिकताको विषयमा समेत अहिलेको सरकारले गलत निर्णय गरेको सचिव आचार्यको टिप्पणी थियो । उनले सरकारले एमालेसँग छलफल नगरी संविधान संशोधन प्रस्ताव अघि बढाउन खोजेको बताए ।

पार्टीको प्रशिक्षण कार्यक्रमका लागि सचिव आचार्यसहित केन्द्रीय नेताहरु शेरधन राई, जगन्नाथ खतिवडालगायतका नेताहरु पाँचथर पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्