निर्वाचन मिति तोक्न तीन दल सहमत


२८ मंसिर । संविधान संशोधनप्रति गम्भीर असहमति प्रकट गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्र र सत्ता साझेदार दल नेपाली कांग्रेसका शीर्ष नेता मंगलबार छलफल भएको छ ।

तीन दलबीच भएको छलफल निर्वाचनसँग केन्द्रित भएको छ । छलफलमा ती दलबीच निर्वाचनका लागि आवश्यक तयारीमा जुट्ने सहमति भएको नेताहरुले बताएका छन् । छलफलमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

छलफलमा स्थानीय तहको निर्वाचन गराउने गरी छलफल सुरु भएको थियो ।  बैठकमा तीन प्रमुख नेता निर्वाचन मिति चाँडै तोक्ने विषयमा सहमत भएको बुझिएको छ ।  निर्वाचनमा केन्द्रित रहेर संविधान संशोधन, संसद अवरोध खुलाउने, लोकमान सिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव लगायतका विषयमा सकारात्मक छलफल भएको बैठक पछि एमाले अध्यक्ष ओलीले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्