‘निले गगन के तले, धर्तिका प्यार पले’ लेखेपछि हराएकी लामा दीर्घायूमा भेटिइन्


३२ साउन । अनेरास्ववियुकी विदेश विभाग प्रमुख यसु लामाले साउन २९ गते दिउँसो सामाजिक सञ्जालमा नेकपा एमाले पार्टी स्कूल विभागले आयोजना गरेको परीक्षासहितको प्रशिक्षण कार्यक्रमको समापन समारोहको तस्वीर सार्वजनिक गरेकी थिइन् ।

तुलसिलाल अमात्य प्रतिष्ठान, बालकुमारीमा भएको त्यस समापन कार्यक्रममा प्रमुख अतिथि रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको तस्वीर लामाले सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइनन् । निकै प्रसन्न मुद्रामा देखिएको त्यो तस्वीर सार्वजनिक गरेको भोलिपल्ट अर्थात साउन ३० मा फेरि लामाले ‘यात्राको क्रमममा भन्दै अर्को तस्वीर सार्वजनिक गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमै ‘निले गगन के तले, धर्तिका प्यार पले, एसे हि जग मे, आति है सुबहे, एसे हि शाम ढले, शबनम के मोति, फुलो पे बिखरे, दोनो कि आस फले, निले गगन के तले…’ म्युजिक सुन्दै गरेको पनि उल्लेख गरेकी थिएन ।

उनले सामाजिक सञ्जालमै ‘निले गगन के तले, धर्तिका प्यार पले, एसे हि जग मे, आति है सुबहे, एसे हि शाम ढले, शबनम के मोति, फुलो पे बिखरे, दोनो कि आस फले, निले गगन के तले…’ म्युजिक सुन्दै गरेको पनि उल्लेख गरेकी थिएन ।

उनले ३० गते साँझ ६ बजेतिर त्यति जानकारी दिएपछि सामाजिक सञ्जालमा उनी सक्रिय भएको देखिएको छैन । त्यसपछि एकै चोटी काभ्रेको विर्ता देउराली गाविसमा यात्रु बस दुर्घटना हुँदा ३६ को मृत्यु भएको छ र लामासँगै करिव चालीस जना घाइते भएको समाचार बाहिर आयो । सामाजिक सञ्जालभरी लामासँगै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना भन्दै सामाजिक सञ्जाल भरी सन्देशहरु आउन थाले ।

घटना लगत्तै उद्धारका लागि देउराली पुगेको हेलिकोप्टर र अन्य माध्ययमबाट ४० जना घाइतेको उद्धार गरी काठमाडौँ ल्याइयो । उनीहरु सबैको त्रिवि शिक्षण अस्पताल, दिर्घायु अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल लगायत विभिन्न अस्पतालमा उपचार भैरहेको छ। त्यही दुर्घटनामा घाइते भएकी अनेरास्ववियुकी नेतृ लामाको दिर्घायू अस्पताल चावहिलमा उपचार भैरहेको छ ।

चिकित्सकहरुका अनुसार उनको अवस्था अहिले खतरामुक्त छ । दीर्घायु अस्पतालमा उपचार गराई रहेकी लामा मात्र होइन सबै अस्पतालमा उपचार गराईरहेका घाइतेहरुको दीर्घायूको कामना ।

प्रतिक्रिया दिनुहोस्