निषेधका बीच मतका हिसाबले २ नम्बरमा एमाले दोस्रो रहनु सुखद् पक्ष होः एमाले सचिव ज्ञवाली


१२ असोज । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले स्थानीय तहमा जस्तै प्रदेश र प्रतिनिधिसभामा पनि एमाले पहिलो पार्टी हुने बताएका छन् । नवलपरासीमा एमाले सुनवल नगर कमिटीले शुभकामना आदानप्रदान कार्यक्रममा सचिव ज्ञवालीले उक्त विचार राखेका हुन् ।

सो अवसरमा नेता ज्ञवालीले विगतका सबै कमीकमजोरीलाई सच्याउँदै पार्टीलाई पहिलो बनाउने गरी चुनावमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए । उनले अब प्रदेश र केन्द्रमा पनि एमालेले बहुमत ल्याएर एमालेकै सरकार बन्ने बताए ।

नेता ज्ञवालीले प्रदेश नं २ को चुनावमा सिट संख्याको हिसाबले कमजोर देखिए पनि समग्र भोटको हिसाबले एमाले दोस्रो नम्बरमा रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए । एमालेलाई निषेध गर्दा पनि एमालेको पक्षमा जनलहर देखिनुले जनता एमालेप्रति आशावादी छन् भन्ने प्रमाणित भएको नेता ज्ञवालीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्