नुहाउन गएका चार बालिकाको डुबेर ज्यान गयो


रुपन्देही, ७ जेठ । लुम्बिनीमा पोखरीमा नुहाउन गएका चार बालिकाको डुबेर ज्यान गएको छ । लुम्बिनी सास्कृतिक नगरपालिका वडा नम्बर ११ मसिनामा पोखरीमा डुबेर चारजना बालिकाको ज्यान गएको हो । नुहाउन पोखरीमा गएका मसिनाका ९ बर्षकी अविदा खतुन,१० बर्षकी साहिमा खातुन र मुविना खातुन तथा १४ बर्षकी साहिया खातुनको ज्यान गएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । लुम्बिनीबाट ४ किलोमिटर पश्चिममा पर्ने पोखरीमा बालिका डुबेको देखेपछि स्थानीय वडाअध्यक्ष अरामुद्धिन खाँले खबर गरेपछि उनीहरुको शव पोखरीबाट प्रहरीले निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्