नेकपाका बरिष्ठ नेता नेपाल स्वदेश फिर्ता


काठमाडौ, १४ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल कम्बोडियामा भएको संसदीय निर्वाचन पर्यवेक्षण गरी सोमवार स्वदेश फर्किएका छन ।

निर्वाचन पर्यवेक्षणका क्रममा उनले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग भेटघाट गरेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले बताए । त्यहाँ आइतबार संसदीय निर्वाचन भएको थियो । सो निर्वाचनको पर्यवेक्षण गर्न सांसद सुजाता कोइराला र भानुभक्त ढकालसमेत जानु गएका थिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाल ‘सेन्ट्रिस्ट एशिया प्यासिफिक डेमोक्र्याट्स इन्टरनेशनल’ को उपाध्यक्ष हुन ।

प्रतिक्रिया दिनुहोस्