नेकपाका वरिष्ठ नेता नेपाल कम्बोडिया प्रस्थान


काठमाडौ, १० साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आज कम्बोडिया प्रस्थान गरेका छन ।
कम्बोडियामा यही साउन १५ गते हुन गइरहेको संसदीय निर्वाचनको पर्यवेक्षण गर्न उनी कम्बोडिया गएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

नेपालसँगै नेकपाका नेता तथा सांसद भानुभक्त ढकाल र नेपाली काँग्रेसकी नेत्री तथा सांसद सुजाता कोइरालासमेत गएकी छिन । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपाल ‘सेन्ट्रिस्ट् एसिया प्यासिफिक डेमोक्राट्स इन्टरनेशनल’को उपाध्यक्ष समेत हुन ।

नेपाल त्यहाँ रहँदा विश्वबाट आएका अन्य देशका नेतासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेकपाका नेता रिजालले जानकारी दिए । नेता नेपाल साउन १८ गते स्वदेश फर्कनेछन ।

प्रतिक्रिया दिनुहोस्