नेकपाको कार्यलय टुंगो लगाउँन दुई अध्यक्ष सहित हाईकमाण्डले शुक्रवार पार्टी कार्यलय निरीक्षण गर्दै


काठमाडौं, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टीका नेता केपी शर्मा ओली र प्रचण्डले दुई कार्यलय निरीक्षण गर्ने भएका छन् । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष सहित हाईकमाण्डका नेताले दुई कार्यलय मध्ये उपयुक्त स्थानमा राख्नको लागि निरीक्षण गर्ने भएका हुन् । शुक्रवार ४ वजे तत्कालिन नेकपा एमालेको कार्यलय धुम्वराई र माओवादी केन्द्रको पेरिसडाँडाको निरीक्षण गरिने जनाईएको छ । यस अघि एमाले र माओवादीका पार्टी कार्यलय दुवै नै एकीकृत पार्टीको कार्यलय हुने सहमति गरेका छन् ।दुवै कार्यलयको निरीक्षणपछि धुम्बाराही र पेरसिडाँडामध्ये उपयुक्त मुख्यालयको निर्णय गरिने छ । त्यसैगरी तत्कालिन नेकपा एमालेकोको मुख्यालय धुम्वराईमा भने पहिलाको वोर्डमा नाम मिलाउँने काम भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्