नेकपा केन्द्रीय सचिवालय बैठक बस्दै


काठमाडौ, ७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक बुधबार बस्दैछ । पार्टी एकिकरण भएको पाँच महिना भइसक्दा पनि तल्ला कमिटीहरुको भने एकता प्रकृया अघि नबढिरहेको अवस्थामा पार्टीको सचिवालय बैठकले जिल्ला, प्रदेश लगायत कमिटीको एकता प्रकृयालाई निचोडमा पुर्याउने विषयमा छलफल हुने बताइएको छ । त्यस्तै बैठकमा सरकार र संसद्को कामको समीक्षा, पोलिटब्युरो, केन्द्रीय विभाग र केन्द्रीय निकायहरूको गठनलगायतका बारेमा पनि छलफल हुने नेकपा सचिवालयले जनाएको छ । बैठक दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आइतबार र सोमबार बसेको सचिवालय बैठकले सांसद रामवीर मानन्धरले राजीनामाका लागि मागेको अनुमति अस्विकार गरेको थियो । साथै वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको निर्णयमा राखेको असहमतिपत्रको एजेन्डामा निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्