नेकपाको नियमावली टुंग्याउन तीन सदस्यीय कार्यदल


काठमाडौं, २३ असार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पार्टीको नियमावली टुंग्याउन तीन सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रिय सचिवालय बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलमा नेताहरु बामदेव गौतम, रामबहादुर थापा‘बादल’ र बिष्णु पौडेल छन् । कार्यदलले नियमावलीका बारेमा स्थायी समितिमा प्राप्त सुझावहरुलाई समेटेर प्रस्ताब पेश गर्ने महासचिव पौडेलले जानकारी दिए । कार्यदलले पेश गरेको प्रस्तावमा छलफल गरी २६ गते नियमाली टुंग्याउने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्