नेकपाको पार्टी एकता औपचारिक घोषणा सोमबार हुन्छः अध्यक्ष प्रचण्ड


काठमाडौं, ८ वैशाख । नेकपा अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रिया टुंगोमा पुगेकाले औपचारिक घोषणा सोमबार गरिने बताएका छन ।
नेकपा स्थापनाको ७० औं दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले व्यक्तिको अनुहार हेरेर नभई सिद्धान्तमा टेकेर एकता प्रक्रिया टुंगिने बताए ।
‘एउटा प्रिन्सिपलमा आधारित भएर, किनकि मान्छेको अनुहार हेरेर मूल्यांकन गर्न सकिने स्थिति छैन । एउटा सिद्धान्तमा टेकेर एकता गरौं भन्ने नीतिगत निर्णय हामीले गरिसकेका छौं,’ प्रचण्डले भने ।

कार्यक्रममा सहभागी हुन आउनुअघि आफूले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकताबारे छलफल गरेको जानकारी पनि प्रचण्डले दिए । सो छलफलमा आइतबार दिनभर गृहकार्य गरेर टुंगो लगाउने जिम्मा दुई जना नेतालाई दिएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्