पार्टीभित्र वरिष्ठ नेता नेपालको फरक मत


काठमाडौँ, २३ असोज ।
नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद चुलिदै गएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको भावना विपरीत पार्टी एकलौटी ढंगले अगाडि बढ्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल लिखित रुपमा नै फरक मत राखेपछि विवादले उग्र रुप लिएको छ ।पार्टी एकताको विषयलाई लिएर आन्तरिक विवाद चुलिदै गएपछि सांगठानिक एकताको प्रक्रियाले गति लिन सकेको छैन् । असोज ५ गते सचिवालयको बैठकले प्रदेशको इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएपछि नेकपाभित्र विवाद सुरु भएको छ ।पार्टी एकता प्रक्रिया टुंगो लगाउन ढिलाई भएसँगै नेताहरुको स्वार्थका कारण विवाद थपिदै गएको छ । पार्टी एकतापछि सचिवालयको बैठकले सांगठनिक एकता प्रक्रिया टुंगो लगाउनका लागि प्रदेशस्तरको कार्यदल गठन गरेको थियो । अधिकाशं प्रदेशले महासचिव विष्णु पौडेललाई नेतृत्व चयन गर्न सिफारिस गरेको प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनलाई महासचिव पौडेलले पार्टीको सचिवालय बैठकमा पेश पनि गर्नुभएको थियो । तर प्रदेशले सिफारिस गरेको नामप्रति वरिष्ठ नेता नेपालले आपत्ति जनाउनुभएको थियो ।नेपाल विदेश भ्रमणमा रहेकै बेला प्रदेश नेतृत्वको टुंगो लगाएपछि नेता नेपालले पार्टीभित्रको विवाद संसददेखि छुट्टै भेला हुँदै लिखित रुपमा नै पार्टीको बैठकमा फरक मत राख्नु भएको छ । पार्टी एकता प्रक्रियामा जुट्नु पर्ने शीर्ष नेताहरुबीच नै असमझदारी भएपछि अध्यक्षद्धय अहिले नेता नेपाललाई मनाउने गृहकार्यमा जुट्नु भएको  छ ।

प्रतिक्रिया दिनुहोस्