नेकपामा असन्तुष्टि सम्बोधन गर्न योगेश भट्टराईको सात बुँदे ‘रोडम्याप’


काठमाडौं, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य तथा प्रभावशाली नेता योगेश भट्टराईले प्रदेश, जिल्ला र जनसंगठन एकीकरणमा देखिएको असन्तुष्टि सम्बोधन गर्न सात बुँदे रोडम्याप अघि सारेका छन् ।

पार्टी एकीकरण कार्यदलहरुले बिना मापदण्ड पूर्वाग्रही सिफारिश गरेका कारण पूर्व एमालेभित्र असन्तुष्टि चुलिदैं गएपछि प्रभावशाली नेता भट्टराईले सामाजिक सञ्जाल(फेसबुक)मार्फत सात बुँदे रोडम्याप अघि सारेका हुन् । सोमबार पूर्व एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले मापदण्डका आधारमा नेतृत्व बाँडफाँट नभए देशैभर समानन्तर कमिटी बनाउने तयारी गरेको समाचार सार्बजनिक भएको थियो ।
भट्टराईले पार्टी एकीकरणको ऐतिहासिक घडीमा वरिष्ठतालाई मापदण्ड मानेर नेतृत्व चयन गरिए अहिलेको असन्तुष्टि सम्बोधन हुने रोडम्यापमा प्रष्ट पारेका छन् ।

‘कुनै जिल्ला कमिटीको अध्यक्ष जनप्रतिनिधिमा निर्बाचित भएको छैन भने अब बन्ने एकीकृत कमिटीको अध्यक्ष उसैलाई बनाऔ । यदी अध्यक्ष जनप्रतिनिधिमा निर्बाचित भएको अवस्थामा त्यो जिम्मेवारी उपाध्यक्षलाई दिउँ । उपाध्यक्ष पनि त्यस्तै भए सचिबलाई र सचिब पनि त्यस्तै भए उपसचिबलाई जिम्मेवारी दिउँ । पदाधिकारी सबै जनप्रतिनिधि भएमा सहमतिकासाथ बरिष्ठ सदस्यमध्येबाट जिम्मेवारी दिने ब्यबस्था मिलाऔँ ।’ रोडम्यापमा भनिएको छ ।

‘कुनै जिल्ला कमिटीको अध्यक्ष जनप्रतिनिधिमा निर्बाचित भएको छैन भने अब बन्ने एकीकृत कमिटीको अध्यक्ष उसैलाई बनाऔ । यदी अध्यक्ष जनप्रतिनिधिमा निर्बाचित भएको अवस्थामा त्यो जिम्मेवारी उपाध्यक्षलाई दिउँ । उपाध्यक्ष पनि त्यस्तै भए सचिबलाई र सचिब पनि त्यस्तै भए उपसचिबलाई जिम्मेवारी दिउँ । पदाधिकारी सबै जनप्रतिनिधि भएमा सहमतिकासाथ बरिष्ठ सदस्यमध्येबाट जिम्मेवारी दिने ब्यबस्था मिलाऔँ ।’ रोडम्यापमा भनिएको छ ।

सात बुँदे रोडम्याप यस्तो छ
१ तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका बीचको एकता आजको युगको ऐतिहासिक परिघटना हो । यसको युगान्तकारी महत्व छ । यो एकताको रक्षा गर्नु र सहि सैद्धान्तिक जगमा यसलाई अझ सुदृढ गर्नु आज हामी सबैको पहिलो दायित्व र जिम्मेवारी हो । पार्टी एकताको बिन्दुसम्म पु¥याउन नेतृत्व गर्ने मुख्य नेताद्वय केपी ओली र प्रचन्ड, यसमा सकारत्मक भूमिका निर्बाह गर्नुहुने वरिष्ठ नेताहरु, बिभिन्न तहका नेता तथा कार्यकर्ताहरु सबैलाई इतिहासले सलाम गर्नेछ । आफ्नो मतद्वारा पार्टी एकतामा दाबाब सिर्जना गर्ने नेपाली जनताप्रति हाम्रो शिर सदैब निहुरिरहने छ ।

२. पार्टी एकीकरणसंगै केन्द्रिय कमिटीको निर्माण, स्थायी समिति तथा सचिबालयको गठन, पदीय ब्यबस्थापन आदि बिषयमा समेत केही असन्तुष्टि रहेका थिए । अनेकौ राष्ट्रिय एजेण्डाका बीचमा पार्टी एकताको कार्य हतारमा गर्नुपर्दाको कारण केही कमजोरी भयो होला भनेर नेतृत्वलाई शंकाको सुविधा दिनु उपयुक्त हुन्छ । यद्यपी, पारदर्शी र लोकतान्त्रिक विधि तथा सहभागितामूलक प्रकृयालाई ब्यबस्थित गर्न सकेको भए कमिकजोरिलाई न्यूनिकरण गर्न सकिन्थ्यो ।

३. तल्ला कमिटी र मोर्चा संगठनको एकीकरणका लागि गठन गरिएका कार्यदलहरुले अत्यन्तै जिम्मेवारीपूर्वक संंगठनको एकीकरणका लागि काम गरिरहेका छन् । म कार्यदलका सबै कमरेडहरुले गर्नुभएको मेहनतको प्रशँंसा गर्दछु । जनप्रतिनिधिहरुको पार्टी जिम्मेवारीका सन्दर्भमा केन्द्रीय सचिवालयले केहि मापदण्ड निर्धारण गरी सर्कूलर जारी ग¥यो तर अन्यको हकमा कुनै मापदण्ड निश्चित नगरिदिदा आज सार्वजनिक भएका समस्याहरु उत्पत्ति भएका हुन भन्ने मलाई लाग्दछ । जनप्रतिनिधिका हकमा मापदण्ड जारी गर्ने केन्द्रीय सचिवालयले मातहतको कमिटी निर्माणमा भने किन मापदण्ड तोकेन र कार्यदललाई मनखुशी गर्न छुट दियो ? यो प्रश्न भने मेरो मनमा उब्जिरहेको छ । यत्रो बिशाल संरचना भएको र यूगिन जिम्मेवारी बोकेको राजनीतिक पार्टी निश्चित मापदण्ड, लोकतान्त्रिक प्रकृया, पारदर्शिता र सहभागितामूलक विधिबाट बाहेक अन्यथा तरिकाबाट चल्न र संंचालन हुनै सक्दैन् ।

४. समय घर्केको छैन । बिग्रिनु पूर्व नै सच्याउने काम गरौँ  । यसका लागि पार्टीका तहगत कमिटी र मोर्चा संगठनको एकीकरणमा निम्नानुसारको मापदण्ड लागु गराँै
क. कुनै जिल्ला कमिटीको अध्यक्ष जनप्रतिनिधिमा निर्वाचित भएको छैन भने अब बन्ने एकिकृत कमिटीको अध्यक्ष उसैलाई बनाऔ । यदी अध्यक्ष जनप्रतिनिधिमा निर्बाचित भएको अवस्थामा त्यो जिम्मेवारी उपाध्यक्षलाई दिऊँ । उपाध्यक्ष पनि त्यस्तै भए सचिवलाई र सचिव पनि त्यस्तै भए उपसचिवलाई जिम्मेवारी दिऊँ । पदाधिकारी सबै जनप्रतिनिधि भएमा सहमतिकासाथ बरिष्ठ सदस्यमध्येबाट जिम्मेवारी दिने ब्यबस्था मिलाऔ ।
ख. मोर्चा संगठन, संपर्क कमिटी र मंञ्च र प्रवास कमिटीमा पनि यहि मापदन्ड लागू गरौ ।
ग. आउने एक बर्षभित्रमा सबै प्रदेश, जिल्ला, क्षेत्र, नगर, गाउका साथै जनसंगठनहरुका अधिबेशनहरु सम्पन्न गरौ । त्यसक्रममा सकेसम्म सहमतिमा नभए लोकतान्त्रिक बिधिबाट नेतृत्वको छनोट गरौँ ।

५. एमाले र माओवादी बीचको एकीकरण दुईवटा पार्टी समाप्त भएर नयाँ पार्टी बनेको होइन । दुईवटा पार्टीको एकता भएर एकिकृत स्वरुपमा रुपान्तरण भएको हो । यहि संगठनात्मक सिद्दान्तमा उभिएर केन्द्रमा कमिटी र नेतृत्व रुपान्तरित भएको हो । जसलाई पार्टीले संंक्रमणकालीन अवस्था भनेको छ । मातहतमा पनि यहि सिद्दान्तलाई पछ्याउनु पर्दछ ।

६. यो एकताको बेला हो । यो जटिल र संबेदनशील बेला पनि हो । यस्तो बेलामा अनावश्यक ढंगले समस्या उत्पन्न गर्नु कुनै पनि मानेमा राम्रो मानिने छैन् । त्यसमा पनि पार्टी र सरकार माथि चौतर्फी आक्रमण भैरहेको बेलामा सिगो पार्टी अझ एकताबद्ध भएर त्यसको सामना गर्नु पर्नेमा पार्टीभत्र निषेध र प्रतिशोधको व्यबहार मार्फत पार्टीलाई कमजोर बनाउने हर्कतहरुलाई इतिहासले क्षमा गर्ने छैन ।

७. आदरणीय नेताद्वय कमरेड केपी ओली र कमरेड प्रचण्ड, पार्टी एकताको घोषणासँंगै सात दशक लामो प्रयत्नलाई आफ्नो कालमा सार्थक बनाउनु भयो । तपाईंहरुलाई ईतिहासले सलाम गरेको छ र जुगजुगसम्म अमर हुनुहुने छ । सायद तपाईंहरुको जिन्दगीमा योभन्दा युगान्तकारी उपलब्धि अर्को हुनुछैन । आजको दिनमा नेपाल कम्युनिस्ट पार्टीका लाखौं लाख कार्यकर्ताहरुले तपाईंहरुबाट न्याय र समानता खोजेका छन, एउटा असल अबिभाबकको भूमिका खोजेका छन् । मेरो कठोर विश्वास छ–हजारौँ  चुनौती र अप्ठ्यारामाथि खरो उत्रैदै आउनु भएका तपाईहरु आफ्नै कार्यकर्ताका यि अपेक्षामा पनि सफल बन्नु हुनेछ ।
नेपाल कम्युनिस्ट पार्टीका सम्पूर्ण कमरेडहरु पार्टी कमिटीहरुको एकीकरणका सन्दर्भमा केहि तिता समाचारहरु सार्वजनिक भएकोप्रति मलाई चिन्ता लागेर यो टिप्पणी सामाजिक सन्जाल मार्फत सार्वजनिक गरेको हुँ । पार्टी स्थायी समितिको बैठक केहि ढिला गरी डाकिएको कारण नेतृत्व समक्ष सुझावका रुपमा यो टिप्पणी प्रस्तुत गरेको छु । पार्टी एकताप्रतिको मेरो विश्वाश र पहलकदमी अटुट रहने छ । सबैले सकारात्मक योगदान गरौँ  ।
धन्यवाद !

प्रतिक्रिया दिनुहोस्