नेकपामा ‘हाईकमाण्ड’ बिस्तारको कुनै तयारी छैन


काठमाडौं, १० जेठ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टीको केन्द्रीय सचिवालय(हाईकमाण्ड) बिस्तार नहुने प्रष्ट संकेत गरेका छन् । तत्कालीन एमाले उपाध्यक्ष भीमबहादुर रावल र तत्कालीन माओवादी केन्द्रका नेता जनाद्र्धन शर्मासहितका नेतालाई थपेर हाईकमाण्ड १५ सदस्यीय बनाईने चर्चा चलिरहेका बेला प्रचण्डले बिस्तार गर्ने कुनै योजना नरहेको प्रष्ट संकेत गरेका हुन् । रावल र शर्माले सचिवालय सदस्य नबनाइएकोमा असन्तुष्टि जनाइरहेको चर्चा छ ।
केन्द्रीय सदस्यहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार निर्देशन दिँदै प्रचण्डले ५ जना थप गरेर केन्द्रीय सचिवालय बिस्तार गर्ने मिडियामा आएको सूचना गलत भएको बताए । उनले स्थायी समिति गठन नभइसके पनि बाहिर अनेक व्यक्तिको नाममा चर्चा भइरहेको केन्द्रीय सदस्यहरुलाई अवगत गराए । ‘
५ जना सचिवालयमा थपिने, स्थायी समिति सदस्य टुंगो लागेको जस्ता मिडियामा आएका सबै सूचना गलत छन् । एकतापछि धाँजा सुरु गर्ने नियतबाट त्यस्ता कुरा बाहिर आएका छन् । अर्को, नेतृत्वमाथि कतै प्रेसर(दबाब) सिर्जना गर्न सकिन्छ कि भन्ने कोणबाट बाहिर कुरा आएका छन् । तर, ती दुवै कुरा गलत हुन् ।’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्