नेकपाले केन्द्रीय कार्यालय टुंगो लगायो


काठमाडौ, १८ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले केन्द्रीय कार्यालय टुंगो लगाएको छ । तत्कालीन एमालेको धुम्बाराही र माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयलाई समानान्तर रुपमा प्रयोग गर्ने गरि टुंगो लगाइएको हो । नेकपा सचिवालय बैठकले पेरिसडाँडामा अध्यक्षद्धय केपी ओली र प्रचण्ड, महासचिव विष्णु पौडेल, जनवर्गीय संगठन र पार्टीका विभिन्न आयोगको कार्यालय रहने टुंगो लगाइएको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए । पेरिसडाँडा र धुम्बाराहीमा अध्यक्षद्धयको कार्यकक्ष रहने श्रेष्ठले जानकारी दिए ।नयाँपत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्