नेकपाले टुंगो लगायो ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिव,सोमबार नेतृत्व घोषणा 


काठमाडौं, ८ बैशाख । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठकले ७७ जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले ४२ पूर्वएमाले, ३५ पूर्वमाओवादी केन्द्र गरी भूगोल जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सबै जिल्लाको नेतृत्व टुंगो लागेको जानकारी दिए । आईतबार दिनभरको बैठकपछि सोमबार स्थापना दिवसको अवसर पारेर सवै तहको घोषणाको तयारी रहेको पनि प्रबक्ता श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्