पत्नी सीता र २ छोरीसहित नेकपा अध्यक्ष दाहाल युएई प्रस्थान


काठमाडौं, १४ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् ।

नेकपा अध्यक्ष प्रचण्ड मंगलबार बिहान पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गरेका हुन् । लामो समयदेखि बिरामी पत्नी सीताको इच्छामा यो भ्रमण तय गरिएको प्रचण्डको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्