नेकपा संयुक्त महाअभियोगका पक्षमा


१० कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सहभागी दल नेकपा (संयुक्त) ले लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोगका पक्षमा मतदान गर्ने जानकारी दिएको छ । सो पार्टीका तर्फबाट मन्त्री बनेका जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले यस्तो जानकारी दिएका हुन् । उनले अख्तियार दुरुपयोग अनुसान्धानका निलम्बित प्रमुख आयुक्त  कार्की लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेको भन्दै उनलाई हटाउनु पर्ने जिकिर गरे ।

मन्त्री जोशीले डडेल्धुरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै कार्की तानाशाहा बन्दै लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेकाले उनीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएको पनि जिकिर गरे । महाभियोगबाट हट्नुभन्दा लोकमानले राजीनामा गरे उत्तम हुने उनको सुझाव थियो ।

प्रतिक्रिया दिनुहोस्