नेकपा सचिवालयको आकस्मिक बैठक बस्दै


काठमाडौं, ८ वैशाख :  प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन्।

मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सोमबार सचिवालय बैठक बोलाइएको हो ।

अहिले साढे ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक बोलाइएको हो । आजै बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक पार्टी विभाजनका लागि संसदीय दल वा पार्टीको केन्द्रीय कमिटीमध्ये कुनै एकमा ४० प्रतिशत भए हुने व्यवस्था गर्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्